भारतीय मिडियामा आएका सामग्रीमा सरकारले 'कानुनी उपचार खोज्ने'

 असार २५, २०७७ बिहिबार १९:१९:२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सरकारले भारतीय सञ्चारमाध्यममा प्रधानमन्त्री केपी शर्मा ओली र नेपाललाई जोडेर आएका विषयवस्तुप्रति ध्यानाकर्षण भएको जनाएको छ ।

सरकारका प्रवक्ता तथा सञ्चार मन्त्री युवराज खतिवडाले कुनै दुर्भाव फैलाउने गरी, चरित्र हत्या हुने गरी, मानमर्यादा र प्रतिष्ठा घटाउने गरी भारतीय सञ्चारमाध्यममा आएको समाचार र विश्लेषणको सरकारले भर्त्सना गरेको बताउनुभएको छ ।

मन्त्रिपरिषद्को निर्णय सुनाउने क्रममा उहाँले भारतीय मिडियाहरुमा देखिएको पछिल्लो प्रवृत्तिका लागि राजनीतिक र कानुनी उपचार खोज्नुपर्ने बताउनुभयो । भारतीय मिडियामा प्रधानमन्त्री ओली र सरकारविरूद्ध निरन्तर मिथ्या र आपत्तिजनक सामग्री प्रकाशन र प्रसारण भइरहेकाले सरकारले यसविरूद्ध राजनीतिक र कानुनी उपाय खोज्ने जनाएको हो ।

 

पछिल्लाे समय भारतीय सञ्चारमाध्यममा प्रधानमन्त्री र नेपाललाई जाेडेर भारतीय सञ्चारमाध्यममा आएका समग्रीलाई लिएर राजनीतिक ओहदाका व्यक्तिले टिप्पणी गर्दै आइरहेका छन् । 

अन्तिम अपडेट: चैत ३, २०८०

तपाईको प्रतिक्रिया