भारतका गुण्डा नाइके विकास दुवे प्रहरी कारबाहीमा मारिए

 असार २६, २०७७ शुक्रबार १०:५९:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

भारतका गुण्डा नाइके विकास दुवे प्रहरी कारवाहीमा मारिएका छन् । उत्तर प्रदेश प्रहरीले दुवेको ज्यान गएको पुष्टि गरेको बिबिसी हिन्दीले जनाएको छ ।

उत्तर प्रदेशको स्पेशल टास्क फोर्सले उज्जैनबाट सडकमार्ग हुँदै कानपुर लगिरहेका बेला गाडी दुर्घटना भएको प्रहरीको दाबी छ । बिहान कानपुर लैजादै गर्दा गाडी पल्टिएको र दुवेले प्रहरीको हतियार खोसेर आक्रमणको प्रयास गरेपछि कारबाहीमा मारिएको  भारतीय प्रहरीले जनाएको छ ।

दुवेको छाती र कम्मरमा गोली लागेको छ । उनी बिहीबार उज्जैनको महांकाल मन्दिरबाट पक्राउ परेका थिए । प्रहरीका अनुसार गाडी दुर्घटनामा केही प्रहरी पनि घाइते भएका छन् ।

भारतको कानपुरमा अघिल्लो हप्ता दुवेलाई पक्राउ गर्न गएको बेला हतियारधारी समूहसँगको मुठभेडमा एक डिएसपी सहित ८ जनाको ज्यान गएको थियो ।

अन्तिम अपडेट: चैत २, २०८०

तपाईको प्रतिक्रिया