बाल क्यान्सरको उपचारमा प्रयोग हुने निःशुल्क औषधि छिट्टै आइपुग्ने
फागुन १, २०८१ बिहिबार
काठमाण्डाै – राजस्व छलीकाे आरोपमा बुटवलको श्याम ग्लास इन्डस्ट्रिजलाई राजस्व अनुसन्धान विभागले मुद्दा दायर गरेको छ ।
सरकारलाई राजस्व नतिर्ने र कम तिर्ने उद्देश्यका साथ अन्तःशुल्क असुल नगरि कारोबार गरेको आरोपमा श्याम ग्लास इन्डस्ट्रिजलाई ६ करोड ६९ लाख रुपैयाँ बिगाे माग गरेर उच्च अदालत तुलसीपुर बुटबलमा मुद्दा दायर भएको विभागले जनाएको छ ।
राजस्व छलीकै आरोपमा महाशक्ति गुट्खा उद्योगविरुद्ध पनि ६३ लाख रुपैयाँ बिगो राखेर राजस्व अनुसन्धान विभागले मुद्दा दायर गरेको छ ।
यस्तै मालवस्तुको ढुवानी तथा सवारी साधनको अनुगमन प्रणाली भीसीटीएसमा बिल प्रविष्ट नगरेको आरोपमा १४ वटा फर्मलाई पनि विभागले जरिबाना गरेको छ । उनीहरुबाट ३० लाख ७५ हजार रुपैयाँ जरिबाना असुल गरिएको पनि विभागले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।