प्रकाेप काेषमा १५ लाख २० हजार रुपैयाँ जम्मा गर्ने घोराहीका जनप्रतिनिधिकाे निर्णय

 असार २६, २०७७ शुक्रबार २०:१९:४४ | हेमराज शर्मा
unn.prixa.net

दाङ – दाङको घोराही उपमहानगरपालिकाका जनप्रतिनिधिहरुले १५ लाख २० हजार रुपैयाँ नगरको प्रकोप व्यवस्थापन कोषमा जम्मा गर्ने निर्णय गरेका छन् । 

नगर कार्यपालिकाको ८६ औँ बैठकले जनप्रतिनिधिहरुको एक महिनाको सेवा सुविधाबापतको १५ लाख २० हजार रुपैयाँ प्रकोप व्यवस्थापन कोषमा जम्मा गर्ने निर्णय गरेको हो ।

नगर प्रमुख नरुलाल चौधरीको अध्यक्षतामा शुक्रबार बसेको बैठकले नगर प्रमुख, उपप्रमुख, वडाध्यक्ष, कार्यपालिका सदस्य र वडा सदस्यहरुले एक महिनाको सेवा सुविधाको रकम कोषमा जम्मा गर्ने निर्णय गरेको प्रवक्ता भरत अर्यालले जानकारी दिनुभएको छ ।

प्रदेश सरकारले पारित गरेको पालिकाका पदाधिकारी र सदस्यहरुले पाउने सुविधासम्बन्धी ऐन २०७६ बमोजिम पाउने सुविधाको एक महिनाको रकम १५ लाख २० हजार जम्मा गर्ने निर्णय भएको हो ।

अन्तिम अपडेट: चैत १५, २०८०

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया