पेट्रोल, डिजल र मट्टीतेलको भाउ बढ्यो

 असार २६, २०७७ शुक्रबार २१:२०:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । निगम सञ्चालक समितिको आज बसेको बैठकले पेट्रोल, डिजेल र मट्टितेलमा एक/एक रुपैयाँको दरले मूल्य वृद्धि गर्ने निर्णय गरेको हो ।

नयाँ मूल्यानुसार अब काठमाण्डौमा पेट्रोल प्रतिलिटर १०२ तथा डिजेल र मट्टीतेल प्रतिलिटर ८८ रुपैैयाँमा बिक्री वितरण हुने छ । पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि भए पनि खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत् रहेको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिनुभयो ।

​वृद्धि भएको मूल्य आज राति १२ बजेदेखि लागू हुने बताइएको छ ।

अन्तिम अपडेट: असार ३०, २०७७

तपाईको प्रतिक्रिया