नेप्सेमा ९ अङ्कको सुधार

 असार २८, २०७७ आइतबार १६:४३:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – शेयर बजार परिसूचक नेप्से आइतबार सामान्य बढेको छ ।

नेप्से आज ९ दशमलव शून्य २ अङ्कले बढेर १३ सय ४० दशमलव २९ बिन्दुमा पुगेको छ । जलविद्युत्, होटल, बैंक, विकास बैंक र म्युचल फण्डबाहेक अरु समूहको शेयर सामान्य बढेको छ ।

आइतबार जीवन बीमा समूहको शेयर १ सय ९५ अङ्कले, निर्जीवन बीमा समूहको शेयर ८० अङ्कले, माइक्रो फाइनान्स समूहको शेयर ८२ अङ्कले र उत्पादन समूहको शेयर १७ अङ्कले बढेको छ । 

आइतबार एक अर्ब ११ करोड १० लाख रुपैयाँ बराबरका २६ लाख ७८ हजार कित्ता शेयर किनबेच भएका छन् । सूर्योदय, महिला, एनआईसी एसिया र स्वरोजगार लघुवित्त वित्तीय संस्था, गणपत्री फाइनान्स वित्तीय संस्था, ओमी र मञ्जुश्री फाइन्सका शेयरधनीले आइतबार सबैभन्दा धेरै साढे ९ प्रतिशतको हाराहारीमा कमाएका छन् ।

तर जोशी हाइड्रोपावर र तिनाउ मिसन विकास बैंकका शेयरधनीले साढे पाँच प्रतिशत गुमाएका छन् । 

अन्तिम अपडेट: माघ २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया