इन्सपेक्टरलाई डेढ लाख रुपैयाँ घुस दिन खाेजेकाे आराेपमा दुई जना पक्राउ

 असार २८, २०७७ आइतबार १९:५७:२७ | हेमराज शर्मा
unn.prixa.net

दाङ – प्रहरी निरीक्षक (इन्सपेक्टर) लाई डेढ लाख रुपैयाँ घुस दिन खोजेको आरोपमा दाङमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका १८ सुपैलाकुटीका गोविन्द शाह र प्युठानकाे स्वर्गद्वारी नगरपालिका ५ भिङग्री घर भइ दाङको लमही बस्ने समीर भण्डारी रहेका छन् ।

उनीहरुले लागुऔषध (ब्राउन सुगर) मुद्दामा पक्राउ परेकाको मुद्दा मिलाइदिन भन्दै वडा प्रहरी कार्यालय घोराहीका कार्यालय प्रमुख प्रहरी निरीक्षक दिनेश रिमालको कार्यकक्षमा पुगेर घुस दिन खोजेका थिए । 

 दाङका प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) सुमित खड्काले थप कारबाहीकाे लागि दुवै जनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग पठाइएको जानकारी दिनुभयो ।  

अन्तिम अपडेट: चैत २८, २०८०

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया