बाल क्यान्सरको उपचारमा प्रयोग हुने निःशुल्क औषधि छिट्टै आइपुग्ने
फागुन १, २०८१ बिहिबार
काठमाण्डाै - विश्वमा कोरोना भाइरस सङ्क्रमितको संख्याले फेरि नयाँ रेकर्ड बनाएको छ ।
कोरोना भाइरसको महामारी विश्वभर तीव्र गतिमा फैलंदै जाँदा दैनिक सङ्क्रमितको संख्याले नयाँ कीर्तिमान बनाउँदै गएको छ । हिजो मात्रै विश्वभर दुई लाख ३० हजार ३ सय ७० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।
एकै दिन नयाँ सङ्क्रमित थपिएको यो अहिलेसम्मकै धेरै हो । यसअघि दुई लाख २८ हजार १८६ जनामा सङ्क्रमण पुष्टि भएको थियो । अमेरिका तथा दक्षिण पूर्वी एसियाली देशमा सङ्क्रमण तीव्र हुँदा दैनिक थपिने सङ्क्रमितको संख्या धेरै भएको संगठनले जनाएको छ ।
हिजो अमेरिकामा एक लाख ४२ हजार, दक्षिण पूर्वी एसियामा ३३ हजार, यूरोपमा १८ हजार, अफ्रिकामा १७ हजार तथा पूर्वी भूमध्यसागरमा १५ हजार भन्दा बढी सङ्क्रमित थपिएका छन् ।
हिजो विश्वभर कोभिड–१९ बाट पाँच हजार २ सय ८५ जनाको ज्यान गएकोमा अधिकांश उत्तर तथा दक्षिण अमेरिकी देशका रहेको डब्लुएचओले जनाएको छ । विश्वभर सङ्क्रमितको सख्या १ करोड ३० लाखभन्दा धेरै पुगेको वल्डोमिटरले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।