कोरोना असर : झण्डै ९७ लाख बालबालिका फेरि विद्यालय शिक्षामा फर्कन मुस्किल

 असार २९, २०७७ सोमबार १६:२२:१४ | रासस
unn.prixa.net

काठमाण्डाै – कोरोना भाइरस महामारीकाे कारण विद्यालयहरु बन्द रहेका कारण विश्वभर झण्डै ९७ लाख बालबालिका फेरि विद्यालय शिक्षामा फर्कन मुस्किल रहेको एक अध्ययनले देखाएको छ । 

सेभ द चिल्ड्रेनले यस घटनालाई 'अभूतपूर्व शैक्षिक आपत्काल' को संज्ञा दिएको छ ।

बेलायती सामाजिक संस्था सेभ द चिल्ड्रेनले युनेस्कोको तथ्याङ्क विश्लेषण गर्दै गएकाे अप्रिलमा विद्यालय र विश्वविद्यालयहरु बन्द रहेका कारण विश्वभरका एक अर्ब ६० करोड बालबालिका विद्यालय शिक्षाबाट बञ्चित रहेको जनाएको छ । यो सङ्ख्या विश्वको कुल विद्यार्थी सङ्ख्याकाे झण्डै ९० प्रतिशत हुन्छ । 

सेभ द चिल्ड्रेनको प्रतिवेदनमा भनिएको छ, 'हाम्रो मानव इतिहासमा विश्वभरका यति ठूलो सङ्ख्यामा बालबालिका पहिलो पटक विद्यालय शिक्षाबाट बञ्चित रहेका छन् ।'

अध्ययनका अनुसार कोरोना भाइरसकाे कारण उत्पन्न आर्थिक सङ्कटकाे कारण झण्डै नाै करोडदेखि ११ करोड ७० लाख बालिबालिका गरिबीको चक्रमा फस्नेछन् । यसको असर बालबालिकाको फेरि विद्यालय भर्नामा पर्नेछ ।

पारिवारिक समस्याकाे कारण धेरै बालबालिकाहरु काममा लाग्ने वा बालिकाहरुको चाँडो विवाह हुन सक्ने भन्दै प्रतिवेदनमा यही कारण ७० लाखदेखि ९७ लाख बालबालिकाले स्थायी रुपमै विद्यालय छाड्ने देखिन्छ । यस्तै यही सङ्कटकाे कारण सन् २०२१ को अन्त्यसम्ममा न्यून वा मध्यम आय भएका देशमा शिक्षाको बजेटमा झण्डै ७७ अर्ब डलरले कमी हुनेछ । 

सेभ द चिल्ड्रेनका कार्यकारी प्रमुख इन्गर आशिङले कोरोना महामारीकाे कारण झण्डै एक करोड बालबालिकाले स्कुल छाड्ने देखिएको बताए । उनले सरकार तथा दातृ निकायहरुले तत्कालै शिक्षामा लगानी बढाउनुको विकल्प नरहेकोमा जाेड दिए । 

प्रतिवेदनमा विश्वका १२ वटा देशमा सर्वाधिक असर पर्ने उल्लेख छ । ती देशहरुमा नाइजर, माली, चाड, लाइबेरिया, अफगानिस्तान, गिनी, मौरीटानिया, यमन, नाइजेरिया, पाकिस्तान, सेनेगल र आइभरिकोस्ट रहेका छन् । 

अन्तिम अपडेट: मंसिर १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया