कोरोना विरुद्ध निर्णायक काम गर्न नसके अवस्था थप खराब हुन सक्छ : विश्व स्वास्थ्य संगठन

 असार ३०, २०७७ मंगलबार ८:५:१ | उज्यालो सहकर्मी
unn.prixa.net

कोरोना भाइरस विरुद्ध निर्णायक काम गर्न नसके अवस्था थप खराब हुने विश्व स्वास्थ्य संगठनले चेतावनी दिएको छ ।

संगठनका निर्देशक डाक्टर टेड्रोज अद्हानोम गेब्रिसियसले विभिन्न देश गलत दिशामा अघि बढिरहेको भन्दै कोरोना भाइरस विरुद्ध निर्णायक काम गर्न नसके अवस्था थप खराब हुने चेतावनी दिनुभएको हो । उहाँले नेताहरुका मिश्रित सन्देशले विभिन्न देशका नागरिक अलमलमा परेका पनि दावी गर्नुभयो ।

कोरोना भाइरस शत्रुका रुपमा भए पनि विभिन्न देशका सरकार र सर्वसाधारणले गरेको हेलचेक्राईंले यो नदेखाएको भन्दै उहाँले चिन्ता व्यक्त गर्नुभयो । यस्तै सावधानी नअपनाइएका देशमा कोरोनाको सङ्क्रमण बढिरहेको पनि गेब्रिसियसको भनाई छ ।

कोरोना फैलिन नदिन व्यक्तिगत दूरी, हात धोइरहनु र मास्क लगाउनु अनिवार्य भए पनि धेरै देशका सरकार र नागरिकले यसलाई बेवास्ता गरेको उहाँले बताउनुभयो । अमेरिकी देशहरु अझै पनि कोरोना सङ्क्रमणको केन्द्रमा रहेको पनि गेब्रिसियसले बताउनुभयो ।

अन्तिम अपडेट: चैत २, २०८०

तपाईको प्रतिक्रिया