भारतमा बनिरहेको कोरोना भाइरस विरुद्धको दुई वटा खोप छिट्टै नै मानिसमा परीक्षण हुने

 असार ३१, २०७७ बुधबार ८:४२:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – भारतमा बनिरहेको कोरोना भाइरस विरुद्धको खोप छिट्टै नै मानिसमा परीक्षण हुने भएको छ ।

इन्डियन काउन्सिल अफ मेडिकल रिसर्चका डायरेक्टर जनरल बलराम भार्गवले दुई वटा खोप मानिसमा परीक्षणको तयारी भइरहेको बताउनुभएको हो । उहाँका अनुसार खोप मुसा र खरायोमा सफल परीक्षण भइसकेको छ । अब मानिसमा परीक्षण गर्नका लागि भारतको ड्रग्स कन्ट्रोलर जेनेरलले स्वीकृति दिइसकेको छ ।

खोप बनाउनमा भारत बायोटेक्निकल इन्टरनेश्नल लिमिटेड र जायडस कैडिलाले सहकार्य गरेका छन् । दुबै कम्पनीले आफ्नो खोप मानिसमा परीक्षण गर्नका लागि तयार भएको बताएका छन् ।

भारतमै सङ्कलन गरेर प्रयोगशालामा निस्तेज बनाइएका कोरोना भाइरस प्रयोग गरी भारत बायोटेकले पहिलो खोप निर्माण गरेको हो । खोपलाई कोभ्याक्सिन नामकरण गरिएको छ । अब दुवै खोप १/१ हजार जनामा परीक्षण हुने भएको छ ।

अहिले भारतसहित रुस, चीन, अमेरिका, बेलायत लगायतका देशले पनि खोपको विकास गरिरहेका छन् ।

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया