दशरथ रङ्गशालामा हुने अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताका ...
फागुन १, २०८१ बिहिबार
काठमाण्डौ – हप्ताको अन्तिम दिन शेयर बजार परिसूचक नेप्से बिहीबार ३२ अङ्कले बढेको छ ।
नेप्से बिहीबार ३२ अङ्कले बढेर १३ सय ९४ दशमलव ७७ बिन्दुमा पुगेको छ । सबैजसो समूहको शेयर बढेको दिन बिहीबार जीवन बिमा समूहको शेयर १ सय ३१ अङ्कले, निर्जीवन बीमा समूहको ७९ अङ्कले, विकास बैंक समूहको ६०, उत्पादन ४५ र होटल समूहको शेयर ४० अङ्कले बढेको छ ।
बिहीबार एक अर्ब चार करोड रुपैयाँ बराबरका २९ लाख १४ हजार कित्ता शेयर किनबेच भएका छन् । बिहीबार लक्ष्मी बैंक, मितेरी विकास बैंक र एनआईसी एसिया लघुवित्त वित्तीय संस्थाका शेयरधनीले नौ प्रतिशतभन्दा धेरै कमाएका छन् ।
समग्र शेयर बजार बढे पनि ओरियन्टल होटलका लगानीकर्ताले झण्डै साढे ६ प्रतिशत गुमाएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।