कोरोना खोप : अक्सफोर्डमा भइरहेको परीक्षण टिमको नेतृत्व गरिरहेकी सारा गिलबर्ट को हुन् ?

 साउन २, २०७७ शुक्रबार २१:१८:३३ | एजेन्सी
unn.prixa.net

काठमाण्डौ - कोरोना भाइरसविरुद्धको खोप बनाउनको लागि कैयौँ कम्पनीले प्रयास गरिरहेका छन् । 

कैयौँ देश लागिपरेका छन् तर ती सबैको बीच अक्सफोर्ड विश्वविद्यालयको खोप परीक्षण सबैभन्दा धेरै चर्चामा छ । 

अक्सफोर्डको तयार पारेको खोपको पहिलो मानव परीक्षण सफल भएको दाबी गरिएको छ । यदि यसअघि पनि सबै कुरा सही दिशामा गयो भने निकै चाँडै कोरोना भाइरसको खोप तयार हुने सम्भावना बढेको छ । अक्सफोर्ड विश्वविद्यालयले एस्ट्राजेनेका औषधि कम्पनीलाई साथमा लिएर कोरोना खोप बनाउने दिशामा काम गरिरहेको छ । 

अक्सफोर्ड विश्वविद्यालयको एक टिम सारा गिलबर्टको नेतृत्वमा कोरोना भाइरसको खोप बनाउने काम गरिरहेको छ । 

को हुन् सारा गिलबर्ट ?

सारा गिलबर्ट अक्सफोर्ड विश्वविद्यालयको त्यस्तो टिमको नेतृत्व गरिरहेकी छिन्, जो कोरोना भाइरसको खोप बनाउने दिशामा सबैभन्दा अघि भएको मानिएको छ । प्रोफेसर सारालाई भविष्यमा मेडिकल अनुसन्धानकर्ता नै बन्छु भन्ने थियो तर १७ वर्षको उमेरमा यसको लागि कहाँबाट सुरु गर्ने भन्ने केही थाहा थिएन । 

युनिभर्सिटी अफ् एन्जलियाबाट जीव विज्ञानमा डिग्री हासिल गरेपछि साराले बायो केमेस्ट्रीमा पीएचडी गरिन् । उनले आफ्नो सुरुवात ब्रुइङ रिसर्च फाउण्डेशनबाट गरिन् । त्यसपछि उनले केही अरु कम्पनीमा काम गरिन् र औषधि निर्माणको बारेमा सिकिन् । 

त्यसपछि अक्सफोर्ड विश्वविद्यालयको प्रोफेसर एड्रियन हिल्स ल्याब आइपुगिन् । त्यहाँ उनले अनुवांशिकको क्षेत्रमा काम गर्दै सुरुवात गरिन् । यसका साथै मलेरियाको बारेमा पनि काम गरिन् । त्यसपछि उनी खोप बनाउने काममा जोडिइन् । 

सारा तीन बच्चा (तिम्ल्याहा) की आमा हुन् । बच्चाको जन्म भएको एक वर्षपछि उनी विश्वविद्यालयमा लेक्चरर बनिन् र सन् २००४ मा विश्वविद्यालयको पाठक । सन् २००७ मा साराले वेलकम ट्रस्टको तर्फबाट एक फ्लु खोप बनाउने जिम्मेवारी पाइन् । र त्यसपछि सुरु भयो उनको आफ्नो रिसर्च टिमको नेतृत्व गर्ने यात्रा ।  साराका ती बच्चा अहिले २१ वर्षका भएका छन् । उनीहरु तीनै जना बायोकेमेस्ट्रीको पढाइ गरिरहेका छन् । 

साराका तीन बच्चाले कोरोना भाइरसको लागि तयार गरिएको एक प्रयोगात्मक खोपको परीक्षणमा भाग लिएका थिए । ब्लूमवर्गको खबरअनुसार, त्यो परीक्षण खोप साराले नै तयार गरेकी थिइन् । 

कठिन थियो यात्रा

सारा भन्छिन्, ‘काम र निजी जीवनबीच तालमेल बनाइ राख्न निकै कठिन हुन्छ । तपाईँलाई कसैको सहयोग भएन भने यी कुरा कठिन लाग्छ । मेरा तिम्ल्याहा सन्तान थिए । नर्सरीको शुल्क मेरो पूरै तलबभन्दा धेरै हुन्थ्यो । यस्तो अवस्थामा मेरो जीवनसाथीले आफ्नो करिअर छोडेर बच्चालाई सम्हाले ।’

‘सन् १९९८ मा मैले शिशुलाई जन्म दिएँ, त्यो समय मैले मात्र १८ हप्ता सुत्केरी बिदा पाएको थिएँ । त्यो निकै कठिन समय थियो किनकि मैले तीन शिशुको हेरचार गर्नुपर्ने थियो । अहिले म प्रयोगशालाको प्रमुख भए पनि मैले जीवनको अर्को पाटो पनि देखेको छु’, उनी भन्छिन् ।

आफ्नो कामको सीमा तय नहुनु वैज्ञानिक हुनुको सबैभन्दा प्यारो कुरा भएको उनी बताउँछिन् । यस्तो अवस्थामा एक आमाको लागि काम गर्न सजिलो हुन्छ । 
तर कहिलेकाहीँ त्याग गर्नुको विकल्प नहुने अवस्था आइपर्ने कुरालाई साराले नकार्न सक्दिनन् । 

जो महिला विज्ञानको क्षेत्रमा भविष्य बनाउन चाहन्छिन् र परिवारसँगै रहन चाहन्छिन् भने साराले सल्लाह दिएकी छिन्, ‘यो निकै कठिन हुन्छ भन्ने कुरालाई बिर्सन हुँदैन । तपाईँसँग सबै कुराको योजना हुनुपर्छ । एउटा यस्तो व्यक्ति चाहिन्छ, जसले गर्दा तपाईँ काम गर्न सक्नु हुन्छ र घरमा पनि ध्यान पुग्छ ।’

अन्तिम अपडेट: भदौ ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया