एनसेलले ल्यायो ‘फुच्चे प्याक’

 साउन २०, २०७५ आइतबार ७:२८:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

 
काठमाडौं –  एनसेलप्राइभेट लिमिटेडले डेटा सेवाअन्तर्गत आफ्ना ग्राहकका लागि ‘फुच्चे प्याक’ ल्याएको छ । ग्राहकले यो प्याकअन्तर्गत कर बाहेक मात्र ५ (कर सहित रु ६.३८) रुपैयाँमा २५ एमबी डेटा भोलुमको मजा लिन सक्नेछन् ।
 
फुच्चे डेटा प्याकयहि आइतबार (श्रावण २०) देखि लागू हुनेछ । यस डेटा प्याकअन्तर्गतको २५ एमबी डेटा ग्राहकले एनसेलको कुनै पनि नेटर्वक टुजि, थ्रिजितथाफोरजिमाबिहान ५ देखि बेलुका ५ बजे सम्मप्रयोग गर्न सक्नेछन् ।
 
ग्राहकले आफ्नो म्यासेजबक्समा ५ (अंगे्रजी अंक पाँच) टाइप गरि १७१२३ मा एसएमएस पठाइ फुच्चे प्याक सुचारु गर्न सक्नेछन् । यो डेटा प्याक सुचारु भएको दिन देखि ९० दिनको लागि मान्य रहनेछ ।
 
सानो भोलुमको डेटा प्याक चलाउन चाहने ग्राहककालागि मात्र ५ रुपैयाँमा डेटा प्याकले ग्राहकलाई आफ्नो साथीभाई तथा परिवारसँग सम्पर्कमा रहिरहन मद्दत पुर्याउने विश्वास लिइएको एनसेलले जनाएको छ  ।
 
एनसेलले ग्राहकको मागअनुरुप सही, दामी तथा राम्रो डेटा प्याक अन्तर्गत विभिन्न भोलुमको डेटा प्याकहरु उपलब्ध गराउँदै आएको छ । ग्राहकले एस्ट्रिक्स १७१२३ ह्यास डायल गरि आफ्नो आवश्यकता अनुरुप एक दिने, तिन दिने, साप्ताहिक तथा मासिक कुनै पनि डेटा प्याक सुचारु गर्न सक्दछन् ।

अन्तिम अपडेट: बैशाख १०, २०८१

तपाईको प्रतिक्रिया