विश्वभर कोरोनाबाट ज्यान गुमाउनेकाे सङ्ख्या ६ लाख नाघ्यो

 साउन ३, २०७७ शनिबार १६:२३:३५ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – विश्वभर कोरोना भाइरसकाे सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ६ लाख नाघेको छ । झण्डै आठ महिनाअघि चीनको वुहानबाट सुरु भएर विश्वका दुई सय १३ देशमा फैलिएको कोरोना भाइरसबाट ज्यान गुमाउनेको सङ्ख्या छ लाख नाघेको वल्डाेमिटरले जनाएको छ ।

कोरोना प्रभावबारे विश्वको तथ्याङ्क सार्वजनिक गरिरहेको वल्डाेमिटरका अनुसार विश्वका एक करोड ४२ लाख १५ हजारभन्दा धेरैमा कोरोना सङ्क्रमण भएकोमा ६ लाखभन्दा धेरैको ज्यान गएको छ । ८४ लाख ८७ हजारभन्दा धेरै उपचारपछि निको भएका छन् ।

कोरोनाको प्रभाव सबैभन्दा बढी अमेरिकामा परेको छ । अमेरिकामा ३७ लाख ७० हजारभन्दा धेरैमा कोरोना सङ्क्रमण हुँदा एक लाख ४२ हजारभन्दा धेरैको ज्यान गएको छ । दोस्राे नम्बरमा परेकाे ब्राजिलमा २० लाख ४८ हजारभन्दा धेरैमा सङ्क्रमण हुँदा ७७ हजार नौ सयभन्दा धेरैको ज्यान गएको छ ।

त्यस्तै तेस्राे नम्बरमा छिमेकी देश भारत रहेको छ । भारतमा १० लाख ४० हजार नौ सयभन्दा धेरैमा सङ्क्रमण हुँदा २६ हजार दुई सय ९५ जनाको ज्यान गएको छ । भारत कोरोनाकाे कारण धेरैको ज्यान जाने देशको सूचीमा भने आठौँ नम्बरमा रहेको छ ।

धेरै ज्यान गुमाउने देशकाे तेस्राे सूचीमा बेलायत छ । बेलायतमा दुई लाख ९३ हजारभन्दा बढीमा सङ्क्रमण हुँदा ४५ हजार दुई सय ३३ जनाको ज्यान गएको छ ।  

अन्तिम अपडेट: भदौ ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया