श्रीमानको शवलाई ठेलामा राखेर मसानघाट पुर्‍याइन्, कसैले गरेनन् सहयोग

 साउन ४, २०७७ आइतबार १२:१५:२५ | एजेन्सी
unn.prixa.net

काठमाण्डौ – कोरोनाको त्रास । डरको अगाडि मानवता कसरी मौन हुन्छ भन्ने कुरा भारतको कर्नाटकमा भएको एक घटनाले देखाएको छ ।

कर्नाटकको बेलगाम जिल्लाबाट मन चसक्क घोच्ने भिडियाे बाहिर आएको छ । एक महिला ठेलामा श्रीमानको शवलाई बोकेर अन्तिम संस्कारको लागि जाँदैछिन् । सबैलाई कोरोना भाइरसको डरले सताइरहेको थियो, त्यसैले ती महिलालाई सहयोग गर्न कोही पनि अघि सरेनन् ।

भारतीय सञ्चारमाध्यमले जनाएअनुसार आफ्ना दुई छोरालाई साथमा लिएर ती महिला लोग्नेको शवलाई ठेलामा बोकेर अन्तिम संस्कारको लागि गएकी हुन् ।

स्थानीयबासिन्दाले बताएअनुसार ती महिलाको परिवारमा आर्थिक समस्या छ । एम्बुलेन्समा लैजानको लागि पैसा नभएका कारण उनले त्यसरी ठेलामा राखेर लगेकी हुन् ।

ती महिलाका ५५ वर्षीय श्रीमान् सदाशिव हिरत्तीको घरमै ज्यान गएको हो । मुटु सम्बन्धी बिमारीका कारण उनको ज्यान गएको बताइएको छ ।

एकजना स्थानीयका अनुसार ती महिलाले सहयोग माग्दा कसैले सहयोग नगरेपछि श्रीमानको शवलाई कपडामा बेरेर अन्तिम संस्कारको लागि लगेकी हुन् ।

अन्तिम अपडेट: असोज ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया