यी नदी र खोलामा बाढीको जोखिम

 साउन ५, २०७७ सोमबार ९:५१:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतिकात्मक तस्बिर

काठमाण्डौ - रातिदेखि नै ठूलो पानी परिरहेकाले केही नदी र खोलामा पानीको सतह बढेको छ ।

 प्रदेश २ र वाग्मती प्रदेशका नदी र खोलामा पानीको सतह बढ्दै गएकाले सावधानी अपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

त्रियुगा, खाडो, बालन खुट्टी, चुरियाखोला, माउली, रातो, बिगही, झिमखोला हर्दीखोला, मरहाखोला, लखन्देही र साना नदीमा आकस्मिक बाढी आउने सम्भावना रहेकाले तटीय क्षेत्र र डुबान भइरहने होचा ठाउँमा उच्च सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको हो । 

आज नारायणी नदीमा पनि पानीको बहाव खतराको तह आसपास छ । त्यस्तै कन्काई, कोशी, कमला, तिनाउ, बबई, पश्चिम राप्तीका केही सहायक नदीमा पनि बहाव सतर्कता तह पुग्न सक्ने भएकाले सावधानी अपनाउन भनिएको छ । काठमाण्डौ उपत्यकाका धेरै ठाउँमा वर्षा भइरहेको छ । 

वाग्मती सहित विष्णुमती, मनोहरा, हनुमन्ते, नख्खु लगायतका नदीमा बहाव सतर्कता नजिक पुगेको छ ।

 बाढी पूर्वानुमान महाशाखाले सडक किनार र होचा ठाउँमा उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ ।

अन्तिम अपडेट: बैशाख २, २०८१

1 Comments

  • Rajip Mahato

    July 20, 2020, 12:19 p.m.

    सर्लाहीको मलङ्गवामा भारी वर्षाका कारण धेरै ठाउँहरू डुबान मा परेको छ

  •  0 Reply

तपाईको प्रतिक्रिया