मौवाखोलाको पुल बाढीले बगायो, काठमाण्डौ आउजाउ गर्ने मुख्य सडक बन्द

 साउन ५, २०७७ सोमबार १७:१६:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : लीलाधर काेइरालाकाे फेसबुकबाट

धादिङ – पृथ्वी राजमार्ग अन्तर्गत धादिङको मौवाखोला पुल बाढीले बगाएको छ ।

राजमार्गको पुलको केही भाग नै बगेपछि पृथ्वी राजमार्ग पूर्णरुपमा बन्द भएको छ । अप्ठ्याराे ठाउँमा रहेको पुलको आधा भाग नै खोलाले बगाएकाले डाइभर्सनको लागि पनि समस्या भएको धादिङ प्रहरीले जनाएको छ ।

पुल नै बगेपछि सयौँ गाडी राजमार्गमै रोकिएका छन् । धादिङका कैयौँ ठाउँमा पहिरो जाँदा बिहानैदेखि राजमार्ग बन्द रहेको छ । 

अन्तिम अपडेट: कात्तिक ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया