काठमाण्डौ महानगरले लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानअन्त...
मंसिर १०, २०८१ सोमबार
काठमाण्डाै – कोरोना भाइरस विरुद्धको खोपले सकारात्मक परिणाम दिएपछि विश्व स्वास्थ्य संगठन डब्लुएचओले त्यसको स्वागत गरेको छ ।
तर कोरोना संक्रमण रोक्नका लागि अझै काम गर्न आवश्यक भएको संगठनले उल्लेख गरेको छ । जेनेभामा भएको पत्रकार सम्मेलनमा संगठनका आपतकालीन कार्यक्रमका निर्देशक डाक्टर माइक रेयानले कोरोना भाइरसको खोप बनिरहेको अक्सफोर्ड विश्वविद्यालयका वैज्ञानिकलाई बधाई दिँदै खोपको सकारात्मक परिणाम भए पनि भाइरस विरुद्ध लड्नका लागि अझै काम गर्न आवश्यक भएको बताउनुभएको हो ।
उहाँले जबसम्म खोपको पूर्ण सफलता मिल्दैन तबसम्म जीवन बचाउन आवश्यक रहेको बताउनुभयो । कोभिड–१९ विरुद्धको खोप विकासमा बेलायतको अक्सफोर्ड विश्वविद्यालयले ठूलो सफलता हात पारेको छ । खोप सुरक्षित देखिएको र मानिसको प्रतिरक्षा प्रणालीलाई थप बलियो बनाउने सङ्केत दिन थालेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
एक हजार ७७ जनामा गरिएको परीक्षणमा खोपले एण्टीबडी र सेतो रक्तकोषिका बनाएको र त्यसले कोरोना भाइरससँग लड्न सक्ने देखिएको छ । बेलायतले यसअघि नै यो खोपको १० करोड डोज अर्डर गरिसकेको छ । विश्वमा कोरोना भाइरसबाट एक करोड ४८ लाख बढीमा सङ्क्रमण हुँदा ६ लाख १३ हजारभन्दा धेरैको ज्यान गएको छ । ८८ लाख भन्दा धेरै उपचारपछि निको भएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
Ido
July 21, 2020, 12:53 p.m.धन्यवाद अक्सफोर्ड विश्वविद्द्यालयका बैज्ञानिकहरुलाई /
kRISHNA BDR KHADKA
July 21, 2020, 9:50 a.m.अब काेराेनाबाट बचिने भयाे । बधाई एवम धन्यबाद दुर्लभ खाेपका आविष्कारगर्ने देवताहरुलाई काेटी काेटी प्रणाम।