काेराेना प्रकाेप : नोबेल पुरस्कारको वार्षिक समारोह रद्द

 साउन ७, २०७७ बुधबार १२:४७:२६ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – कोरोना भाइरस (काेभिड–१९) काे महामारीका कारण नोबेल पुरस्कारको वार्षिक समारोह रद्द गरिएको छ । 

६० वर्षपछि पहिलो पटक नोबेल पुरस्कार समारोह आयोजना नहुने भएको हो । 

यो वर्ष पनि नोबेल पुरस्कार जित्नेको नाम घोषणा गरिनेछ तर सामान्यतया १० डिसेम्बरमा हुने समारोह भने हुने छैन । 

नोबेल पाउण्डेशनका अनुसार कोरोना महामारीको अवस्थामा नोबेल पुरस्कार र समारोह नयाँ तरिकाबाट गरिनेछ । 

कोरोना महामारीको प्रकोपलाई मध्यनजर गर्दै सबैले यहीअनुसार चल्नुपर्ने फाउण्डेशनले बताएको छ । 

यसअघि सन् १९५६ मा तत्कालीन सोभियत सङ्घले हङ्गेरीमाथि आक्रमण गर्दा नोबेल पुरस्कार समारोहको आयोजना गरिएको थिएन ।  

अन्तिम अपडेट: असोज ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया