याे 'ट्रम्प भाइरस' हाे : न्यान्सी पेलाेसी

 साउन ७, २०७७ बुधबार १४:३२:७ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – अमेरिकी संसद्काे तल्लाे सदन हाउस अफ् रिप्रेजेन्टेटिभकी स्पीकर तथा वरिष्ठ डेमाेक्रेटिक नेत्री न्यान्सी पेलाेसीले काेराेना भाइरसलाई 'ट्रम्प भाइरस' भनेकी छिन् । 

महामारी सङ्कटलाई राम्राे ढङ्गले सम्हाल्न नसकेकाेले राष्ट्रपति ट्रम्पकाे आलाेचना गर्दै उनले यस्ताे बताएकी हुन् । 

ट्रम्पले मास्क लगाउन अपिल गर्दै 'अवस्था सुधार हुनुअघि अझ खस्किने सक्ने' बताएपछि न्यान्सी पेलाेसीकाे यस्ताे बयान आएकाे हाे । 

सीएनएनसँगकाे कुराकानीमा पेलाेसीले भनिन्, 'राष्ट्रपतिकाे आजकाे बयान सुन्दा लाग्छ, उनले आफ्नाे गल्ती स्कीकार गरेका छन् । मास्क लगाएर वा मास्क लगाउन अपिल गरेर उनले याे बिमारी कुनै अफवाह नभएकाे स्वीकार गरेका छन् । यससम्बन्धमा कुनै कदम नउठाउँदा महामारीकाे अवस्था सुधार हुनुअघि अझ् खराब भएकाे हाे ।'

उनले भनिन् ,'खासमा याे ट्रम्प भाइरस हाे ।'

विश्वभर एक कराेड ५१ लाख ११ हजारभन्दा धेरैमा काेराेना भाइरसकाे सङ्क्रमण पुष्टि हुँदा अमेरिकामा मात्रै ४० लाख २८ हजारभन्दा धेरैमा सङ्क्रमण भएकाे छ । विश्वभर ६ लाख १९ हजारभन्दा धेरैकाे मृत्यु हुँदा अमेरिकामा मात्रै एक लाख ४४ हजार नाै सयभन्दा धेरैकाे मृत्यु भएकाे छ । 

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया