मलेसियाबाट घर फर्कन खोज्ने १२ हजार ७७५ जना (सूचीसहित)

 साउन ७, २०७७ बुधबार १६:११:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – मलेसियाबाट १२ हजार ७७५ जनाले स्वदेश फर्कन दूतावासमा निवेदन दिएका छन् ।

कोरोना महामारीका कारण अन्तर्राष्ट्रिय उडान बन्द हुँदा स्वदेश फर्कन नपाएका र त्यहाँ समस्यामा रहेका नेपालीले स्वदेश फिर्तीका लागि दूतावासमा निवेदन दिएका हुन् । विदेशमा समस्यामा परका नेपालीलाई अहिले सरकारले चार्टर्ड उडानमार्फत स्वदेश फर्काइरहेको छ ।

हातमा पैसा हुने र कम्पनीले टिकट काटिदिने नेपालीहरु घर फर्किरहेका छन् । मलेसियाबाट मात्रै मंगलबारसम्ममा ४ हवार ७७८ जना स्वदेश फर्किएका कोभिड १९ क्राइसिस म्यानेटमेन्ट सेन्टर सीसीएमसीले जनाएको छ । तर हातमा पैसा पनि नभएका र कम्पनीले टिकट पनि नकाटिदिएकाहरु भने फर्कन पाएका छैनन् ।

यस्ता श्रमिकको सरकारले निःशुल्क उद्धारको प्रक्रिया पनि थालेको छ । चार्टर्ड उडानमार्फत अहिले नेपालीहरुको स्वदेश फिर्ती भइरहँदा दूतावासको प्राथमिकतामा परेका धेरैले टिकट नपाएको गुनासो गरिरहेका छन् । सरकारले भदौ १ गतेदेखि अन्तर्राष्ट्रिय उडान पनि खोल्ने निर्णय गरेको छ ।

मलेसियाबाट फर्कने चाहनेको नामावली हेर्न यहाँ क्लिक गर्नुहोस्

अन्तिम अपडेट: चैत ३०, २०८०

तपाईको प्रतिक्रिया