प्रिमियर लिगमा लिभरपुलले चेल्सीलाई हरायो

 साउन ८, २०७७ बिहीबार ७:४७:१ | एजेन्सी
unn.prixa.net

काठमाण्डौ - इङ्ग्लिस प्रिमियर लिग च्याम्पियन बनेको लिभरपुलले चेल्सीमाथि जित दर्ता गरेको छ ।

घरेलु मैदान एनफिल्डमा गएराति भएको लिगको अन्तिम खेलमा लिभरपुलले चेल्सीलाई ५-३ गोल अन्तरले पराजित गरेको हो । पहिलो हाफमा ३ गोल गरेकाे लिभरपुलले एक गोल खाएको थियो ।

२३ औं मिनेटमा नाबी केईटाले लिभरपुललाई अग्रता दिलाएका थिए । ३८ औं मिनेटमा ट्रेन्ट अलेक्जेन्डर अर्नोल्डले लिभरपुलको अग्रता दोब्बर पारे । लगातार आक्रामक खेल खेलेको लिभरपुलले ४३ औं मिनेटमा तेस्रो गोल गरेको थियो । जर्जिनियो विजनाल्डमले गोल गरेपछि घरेलुटोली ३-० ले अघि बढ्यो ।

पहिलो हाफको अतिरिक्त समयमा चेल्सीका ओलिभर जिरुले गोल गर्दै अन्तर ३-१ मा ल्याएका थिए । दोस्रो हाफमा लिभरपुलले २ गोल थप्दा १ गोल खाएको थियो । रोबर्टो फिर्मिन्होले ५५ औं मिनेटमा गोल गरेपछि लिभरपुल ४-१ ले अघि बढ्यो ।

तर, ६१ औं मिनेटमा टमी अब्राहमले गोल गरेपछि चेल्सीले अन्तर ४-२ मा ल्याएको थियो । ७३ औं मिनेटमा चेल्सीकै लागि क्रिस्टियन पुलिसिकले लागि गोल अन्तर ४-३ मा ल्याएका थिए ।

८४ औं मिनेटमा एलेक्स आक्सलेड चेम्बरलेनले गोल गरेपछि लिभरपुल ५-३ गोल अन्तरले विजयी भयो । च्याम्पियन लिभरपुलले ९६ अङ्क बनाएको छ । पराजित भएको चेल्सी भने ६३ अङ्कका साथ चौथो स्थानमा छ ।

अन्तिम अपडेट: भदौ ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया