नेप्सेसँगै कारोबार रकम पनि घट्यो
फागुन १, २०८१ बिहिबार
सप्तरी - सप्तरीको सदरमुकाम राजविराजमा अनिश्चितकालका लागि निषेधाज्ञा जारी गरिएको छ ।
बिहान ५ बजेदेखि निषेधाज्ञा लागू भएको हो । जिल्ला विपद् व्यवस्थापन समितिको हिजोको बैठकले राजविराज नगर क्षेत्रमा कोरोना भाइरसको सङ्क्रमण र जोखिम बढेको भन्दै निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक कृष्ण प्रसाईंकाअनुसार आज बिहान ५ बजेदेखि लागू भएको निषेधाज्ञा अर्को सूचना नआउँदासम्म कायमै रहनेछ । निषेधित क्षेत्रमा अत्यावश्यक कामबाहेकका सम्पूर्ण आवतजावत, गाडी, पसल बन्द रहने पनि उहाँले जानकारी दिनुभयो । राजविराजको वडा नम्बर ६ का ७३ वर्षका पुरुषको केही दिनअघि कोरोना सङ्क्रमणबाट ज्यान गएको थियो ।
परिवारका पाँच जनासहित छरछिमेकमा पनि कोरोना सङ्क्रमण पुष्टि भएपछि राजविराज नगरपालिकाको आग्रहमा निषेधाज्ञा जारी गरिएको हो । नगरपालिकाले सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्था, पसल, उद्योग, यातायात बन्द गर्ने निर्णय भएको जनाएको छ ।
स्वास्थ्यसँग सम्बन्धित तथा अन्य अतिआवश्यक सेवा भने सञ्चालनमा रहने जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका स्वास्थ्य प्रमुख दुनियालाल यादवले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।