श्रीलङ्का महिला क्रिकेट टिमकी अलराउन्डर श्रीपालीद्वारा सन्यासकाे घाेषणा

 साउन ८, २०७७ बिहीबार १०:३१:९ | एजेन्सी
unn.prixa.net

काठमाण्डौ - श्रीलङ्का महिला क्रिकेट टिमकी बलिङ अलराउन्डर ३४ वर्षीया श्रीपाली विराकोडीले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेकी छिन् ।

 सन् २००६ मा डेब्यु गरेकी भेट्रान खेलाडी श्रीपालीले श्रीलङ्काका लागि ८९ एक दिवसीय र ५८ ट्वान्टी ट्वान्टी खेलेकी छिन् । 

सन्यास लिनका लागि उपयुक्त समय भएकाले आफूले सन्यासको घोषणा गरेको श्रीपालीले बताएकी छिन् । श्रीपालीले श्रीलङ्काका लागि सन् २००९, १३ र १७ को एक दिवसीय विश्वकप खेलेकी छिन् । 

यस्तै ट्वान्टी ट्वान्टीमा सन् २००९, १०, १२, १४ र १८ गरी पाँच पटक ट्वान्टी ट्वान्टी विश्वकप खेलेकी छिन् । उनले श्रीलङ्काको लागि अन्तिम खेल २०१८ को ट्वान्टी ट्वान्टी विश्वकपमा बङ्गलादेशसँग खेलेकी थिइन् ।

अन्तिम अपडेट: असोज २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया