नेप्सेसँगै कारोबार रकम पनि घट्यो
फागुन १, २०८१ बिहिबार
काठमाण्डौ - अबको तीन दिनसम्म नारायणी र यसका सहायक नदीहरुमा पानीको बहाव बढ्ने सम्भावना रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार देशका अन्य सबै प्रमुख र मझौला नदीहरुमा भने बहाव केही घटबढ हुने छ भने जलसतह सतर्कताभन्दा तलै हुने छ ।
भोलि र पर्सी कन्काई, वाग्मती, तिनाउ, पश्चिम राप्ती र बबईका केही सहायक नदीमा आकस्मिक बहाव हुनसक्ने महाशाखाले अनुमान गरेको छ । अहिले पनि नारायणी नदीमा बाढी आइरहेको छ ।
आज कोशी, कर्णाली, महाकाली र यसका सहायक नदीमा बहाव सामान्य घटबढ हुने तर सतर्कता तह तलै हुने छ । कालीगण्डकी नदीमा भने बहाव सतर्कता तह आसपास हुनेछ ।
आज कन्काई, कमला, वाग्मती, पश्चिम राप्ती, बबई नदीमा बहाव बढ्दो हुने, र सबैमा सतर्कता तह तलै हुने पूर्वानुमान छ । कन्काई, कमला वाग्मती पश्चिम राप्तीका केही सहायक नदीमा भने आकस्मिक बहाव हुनसक्ने सम्भावना छ । यस्तै आज इलाम, झापा, मोरङ, सुनसरी, उदयपुर, सप्तरी, सिरहा, धनुषालगायत प्रदेश २ का जिल्लाहरुमा बाढीको न्यून मात्रै सम्भावना छ ।
यस्तै सिन्धुली, मकवानपुर, सिन्धुपाल्चोक, दोलखा, रामेछाप काभ्रेपलाञ्चोक, नुवाकोट, काठमाण्डौ उपत्यका, गोरखा, धादिङ, लमजुङ, तनहुँ, स्याङ्जा, कास्की, पर्वत, म्याग्दी, चितवन, नवलपरासी, गुल्मी, पाल्पा, प्युठान, रुकुम, दाङ. बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, डडेल्धुरा, र आसपास भई बहने नदीमा पनि आकस्मिक बहावको न्यून मात्रै सम्भावना रहेको महाशाखाले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।