इजरायलले विवादास्पद कोरोना भाइरस कानुन पारित गर्‍याे

 साउन ८, २०७७ बिहिबार १३:४७:२६ | एजेन्सी
unn.prixa.net

काठमाण्डौ - इजरायलले एन नयाँ विवादास्पद कानुन पारित गरेको छ । यो कानुनले सरकारलाई कोरोना भाइरससँग जोडिएका यस्तो प्रतिबन्ध लागू गर्ने अधिकार दिन्छ, जसमा संसद्का सीमित हस्तक्षेप हुनेछ ।

इजरायलको नयाँ ‘ग्राण्ड कोरोना ल’ अनुसार क्याबिनेटले आवश्यक ठानेको विषयमा लकडाउन जस्तो प्रतिबन्ध लागू गर्ने अधिकार प्राप्त गर्छ । यद्यपि क्याबिनेटले लगाएको प्रतिबन्धको समीक्षा गर्ने अधिकार संसद्ले २४ घण्टापछि मात्र पाउनेछ । 

यो नयाँ कानुनले लोकतन्त्र कमजोर हुने भन्दै इजरायलका विपक्षी नेताले आलोचना गरिरहेका छन् । तर सरकारले भने कोरोना सङ्कटको सामना गर्न आफ्नो अधिकारलाई नयाँ ढङ्गबाट प्रयोग गर्नुपर्ने बताएको छ । 

पछिल्ला केही हप्तामा इजरायलमा दिनहुँ एक हजारभन्दा धेरैमा कोरोना सङ्क्रमण पुष्टि भइरहेको छ । जसका कारण इजरायलमा बेरोजगारी पनि बढिरहेको छ । 

देशको खस्कँदो अर्थव्यवस्था सम्हाल्न नसकेको र अन्तिम समयमा प्रतिबन्ध लगाउने निर्णय गरेको भन्दै नागरिकहरु असन्तुष्ट भएका छन् । हजारौँका सङ्ख्या नागरिकहरु विरोध प्रदर्शनमा उत्रिएका छन् र केही नागरिक प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको राजीनामाको माग गरिरहेका छन् । 

इजरायलमा अहिलेसम्म ५६ हजारभन्दा धेरैमा कोरोना भाइरस सङ्क्रमणको पुष्टि भएकोमा चार सय ३० जनाको ज्यान गइसकेको छ ।  

अन्तिम अपडेट: चैत २१, २०८०

तपाईको प्रतिक्रिया