चीनकाे जबाफी कारबाही, अमेरिकी वाणिज्य दूतावास बन्द

 साउन ९, २०७७ शुक्रबार १३:३१:२१ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – चीनले अमेरिकामाथि जबाफी कारबाही गर्दै चंगडुमा रहेकाे उसकाे महावाणिज्य दूतावास बन्द गर्ने घाेषणा गरेकाे छ । चिनियाँ विदेश मन्त्रालयले यही हप्ता अमेरिकाले ह्युस्टनमा रहेकाे चिनियाँ दूतावास बन्द गर्ने फैसालाकाे विरुद्ध याे आवश्यक र वैध प्रतिक्रिया भएकाे जनाएकाे छ । 

मन्त्रालयले भनेकाे छ, 'चीन र अमेरिकाबीचकाे अहिलेकाे स्थिति चीन देख्न चाहँदैन र यसकाे लागि अमेरिका पूर्ण जिम्मेवार छ ।' 

बीबीसी संवाददाताका अनुसार चंगडुमा सन् १९८५ मा अमेरिकी महावाणिज्य दूतावास बनाइएकाे थियाे र जहाँ दुई सयभन्दा धेरैले काम गर्छन् । याे दूतावास तिब्बत नजिक भएकाेले याे रणनीतिक रुपमा पनि महत्त्वपूर्ण थियाे । 

यसैबीच अमेरिकाले भिसा ठगीकाे मामिलामा तीन जना चिनियाँ नागरिकलाई गिरफ्तार गरेकाे छ र चाैथाे चिनियाँ नागरिकलाई पनि गिरफ्तार गर्ने तयारी भइरहेकाे बीबीसीमा उल्लेख छ । 

चाैथाे व्यक्ति महिला भएकाे र सन फ्रान्सिस्काेमा रहेकाे चिनियाँ वाणिज्य दूतावाससँग सम्बन्धित भएकाे बताइएकाे छ । 

अमेरिकी न्याय विभागका अनुसार गिरफ्तार गरिएका चिनियाँ नागरिकले कथित रुपमा चिनियाँ सेनाकाे सदस्य भएकाे भन्दै झुट बाेलेका थिए । 

चीन र अमेरिकाबीच विभिन्न मुद्दालाई लिएर विवाद कायमै छ । ट्रम्प प्रशासनकाे चीनसँग व्यापारदेखि लिएर काेराेना भाइरसकाे विषयमा कैयाैँ पटक वाकयुद्ध भइसकेकाे छ । साथै अमेरिकाले हङकङमा विवादित सुरक्षा कानुन लागू गरेकाेप्रति कडा आपत्ति जनाएकाे थियाे । 

अन्तिम अपडेट: बैशाख २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया