आईपीएल यूएईमा हुने, १९ सेप्टेम्बरदेखि सुरु

 साउन ९, २०७७ शुक्रबार १४:२:२५ | एजेन्सी
unn.prixa.net

फाइल फोटो

काठमाण्डाै – काेराेना भाइरस महामारीका बीच १३ ‍औँ संस्करणकाे आईपीएल (इण्डियन प्रिमियर लिग) प्रतियाेगिता संयुक्त अरब इमिरेट्स (यूएई) मा आउँदाे १९ सेप्टेम्बरपछि सुरु हुने भएकाे छ । 

आईपीएलका अध्यक्ष बृजेश पटेलले समाचार एजेन्सी पीटीआईलाई यसबारेमा जानकारी दिएका हुन् । प्रतियाेगिताकाे फाइनल ८ नाेभेम्बरमा हुने तय भएकाे छ । 

भारतमा काेराेना सङ्क्रमणकाे दर बढ्दै जाँदा आईपीएल हुने/नहुनेबारेमा अन्याेल बढेकाे थियाे । 

 

अन्तिम अपडेट: चैत २८, २०८०

तपाईको प्रतिक्रिया