उत्तर कोरियामा मास्क नलगाए तीन महिना श्रम कैद बस्नुपर्ने

 साउन ९, २०७७ शुक्रबार १४:१८:४८ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – आफ्नो देशमा अहिलेसम्म कोरोना भाइरस प्रवेश नगरेको बताइरहेको उत्तर कोरियाले मास्क लगाउन अनिवार्य गरेको छ । कठोर कानुन भएको उत्तर कोरियाले मास्क नलगाएमा तीन महिना श्रम कैद सजाय तोकेको अन्तर्राष्ट्रिय सञ्चारमाध्ययमले जनाएका छन् । 

यदि कोही मास्क नलगाइ सार्वजनिक ठाउँमा निस्किएमा उसलाई पक्राउ गरेर तीन महिना श्रम कैद राख्ने व्यवस्था गरेको डेलीमेलले जनाएको छ । मास्क लगाए/नलगाएको हेर्नको लागि विद्यार्थीहरुको टोली खटाउने तयारी थालेको पनि खबरमा उल्लेख छ । 

उत्तर कोरियाले यसअघि नै समूहमा बस्न रोक लगाउँदै सीमा क्षेत्रका मानिसहरु अरुभन्दा अलग बस्नुपर्ने नियम लागू गरिसकेको छ । कोरोना प्रभावित चीन र दक्षिण कोरियाको सीमामा रहेको उत्तर कोरियाले आफूलाई कोरोनामुक्त क्षेत्र घोषणा गरेको छ । तर अरु देशले सूचनामा निकै कडाइ गर्ने उत्तर कोरियाले सूचना लुकाएको वा परीक्षण नै नगरेको बताइरहेका छन् । 

विश्व स्वास्थ्य सङ्गठनका अनुसार उत्तर कोरियामा अहिलेसम्म नौ सय २२ जनाको परीक्षण गरिएकाेमा कसैमा पनि सङ्क्रमण देखिएको छैन । 

विश्वका दुई सय १३ देश र दुई वटा अन्तर्राष्ट्रिय पानी जहाजमा फैलिएको कोरोना भाइरसबाट अहिलेसम्म एक करोड ५६ लाख ६६ हजारभन्दा धेरैमा सङ्क्रमण हुँदा ६ लाख ३६ हजार सात सयभन्दा धेरैको ज्यान गएकाे छ । त्यस्तै ९५ लाख ५४ हजार आठ सयभन्दा धेरै उपचारपछि निको भएका छन् । 

विश्व स्वास्थ्य सङ्गठनले विश्वव्यापी महामारी घोषणा गरेको यो भाइरस विश्वका सीमित ठाउँमा मात्र पुग्न बाँकी रहेको सङ्गठनले जनाएको छ । 

अन्तिम अपडेट: बैशाख २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • विध्या कुमार नायक

    July 24, 2020, 2:46 p.m.

    उत्तर कोरियामा मास्क नलगाउने मान्छेलाई ३ महिना श्रम कैद गरे जस्तै नेपालमा पनी लकडाउन खुले सँगै कोरोनाको दर बढेको बढेकै अवस्थामा मास्क अनिवार्य लगाउनु पर्छ भन्ने नियम बनाएर कडा निरिक्षण गरी, मास्क नलगाउने मान्छेलाई प्रहरीले तुरुन्त जरिवाना स्वरुप रु.१००/- बिल काटी सो बखत नै प्रहरीले एउटा मास्क दिई लगाई पठाउनु पर्छ। यस्तो सम्म सरकारले गर्न सके कोरोना केही नियणत्रनमा आउनसक्थियो र सरकारको पनी राजस्व केही संकलन हुन्थियो।

  •  0 Reply

तपाईको प्रतिक्रिया