लकडाउनका कारण पृथ्वीकाे आवाजमा कमी : अध्ययन

 साउन ९, २०७७ शुक्रबार २०:८:१३ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – एक नयाँ अध्ययनका अनुसार लकडाउनकाे कारण पृथ्वीमा हुने आवाजमा ५० प्रतिशत कमी आएकाे छ । 

अध्ययनका अनुसार मानिसकाे आवत जावत र ट्राफिक जस्ता गतिविधिबाट पृथ्वीमा आवाज उत्पन्न हुने गर्दछ । याे वर्षकाे मध्यतिर विश्वका विभिन्न ठाउँमा लागू गरिएकाे लकडाउनकाे कारण पृथ्वीमा निस्कने आवाजमा झण्डै आधाले कमी आएको हो । 

याे अध्ययन बेल्जियमकाे राेयल अब्जर्भेटरीकाे अगुवाइमा भएकाे हाे, जसमा ७० भन्दा धेरै वैज्ञानिकले भाग लिएका थिए । उनीहरुले विश्वका विभिन्न तीन सय ठाउँबाट प्राप्त भएकाे डाटाकाे आधारमा अध्ययन गरेर याे निष्कर्ष निकालेका हुन् । 

वैज्ञानिकहरुका अनुसार पर्यटन र मानिसकाे आउजाउमा कमी आएका कारण पृथ्वीमा उत्पन्न हुने आवाजमा कमी आएकाे हाे । 

याे अध्ययनसँग जाेडिएकाे एक प्रेस विज्ञप्तिमा भनिएकाे छ, 'वैज्ञानिकहरुले चीन र इटलीका साथै बाँकी देशमा पनि लकडाउनकाे असर देखेका छन् ।' 

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया