मलेसियाका विभिन्न घर फिर्ती केन्द्रमा रहेका १२६ जना नेपालीको उद्धार

 साउन ९, २०७७ शुक्रबार १८:१५:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – मलेसियाका विभिन्न घर फिर्ती केन्द्रमा रहेका १२६ जना नेपालीको उद्धार गरिएको छ । कोभिड १९ का कारण विदेशमा अलपत्र परेका नेपाली नागरिकलाई नेपाल फर्कन सहजिकरण गर्न सञ्चालन भएका उडानहरुमार्फत उनीहरुलाई उद्धार गरेर नेपाल फर्काइएको हो ।

त्यसैगरी आउँदो जुलाई २९ मा समेत घर फिर्ती केन्द्रहरुमा रहेका थप ७५ जना नेपाली नागरिक नेपाल फर्किने कार्यक्रम रहेको त्यहाँ रहेको नेपाली दूतावासले जनाएको छ ।

दूतावासका अनुसार त्यस उडानमार्फत नेपाल फर्किने ५५ जना नेपाली श्रमिकको टिकट हार्वेस्ट मून ट्राभल्स एण्ड टूर्स प्रालिले उपलब्ध गराइदिएको होे । साथै घर फिर्ती केन्द्रहरुमा रहेका नेपाली नागरिक सम्बन्धी जानकारी चाहिएमा अथवा केही सूचना वा विवरण प्रदान गर्नुपरेमा दूतावासको हटलाइन नम्बर ०१६२४७२७७७ मा सम्पर्क गर्न दूतावासले आग्रह गरको छ ।

यस्तै जेल शाखाको इमेल [email protected]​ मार्फत समेत सम्पर्क गर्न सकिने दूतावासले जनाएको छ ।

अन्तिम अपडेट: चैत १९, २०८०

तपाईको प्रतिक्रिया