भारतको मध्य प्रदेशका मुख्यमन्त्री शिवराज सिंह चौहानलाई कोरोना सङ्क्रमण

 साउन १०, २०७७ शनिबार १४:३०:३५ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – भारतको मध्य प्रदेशका मुख्यमन्त्री शिवराज सिंह चौहानमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

मुख्यमन्त्री चौहानले ट्वीट गरेर आफूलाई कोरोना सङ्क्रमण भएको जानकारी दिदै आफ्नो सम्पर्कमा आएका व्यक्तिहरुलाई क्वरेण्टीनमा बस्न आग्रह गर्नुभएको बीबीसीले जनाएको छ ।

उहाँले आफूले कोरोनाबाट बच्ने सबै नियमहरु पालना गरेको भन्दै डाक्टरको सल्लाह अनुसार सेल्फ आइसोलेशनमा बसेको जानकारी दिनुभएको छ ।

भारतमा अहिलेसम्म १३ लाख ३९ हजार भन्दा धेरैमा कोरोना सङ्क्रमण देखिएकाे छ । जसमध्ये ३१ हजार चार सय २५ जनाको ज्यान गएको छ । आठ लाख ५० हजार भन्दा धेरै उपचारपछि निको भएका छन् ।

विश्वका दुई सय १३ देशमा फैलिएको कोरोना भाइरसबाट एक करोड ५९ लाख ५६ हजार भन्दा धेरै सङ्क्रमण भएकोमा ६ लाख ४३ हजार भन्दा धेरैको ज्यान गएको छ । ९७ लाख ५४ हजार भन्दा धेरै उपचारपछि निको भएका छन् ।

अन्तिम अपडेट: बैशाख २, २०८१

तपाईको प्रतिक्रिया