अफगानिस्तानमा ६ हजारभन्दा बढी पाकिस्तानी आतंकवादी रहेको संयुक्त राष्ट्रसंघको खुलासा

 साउन १०, २०७७ शनिबार १९:२८:२४ | एजेन्सी
unn.prixa.net

पाकिस्तानमा तयार हुने आतंकवादीलाई लिएर सयुक्त राष्ट्रसंघले सनसनीपूर्ण खुलासा गरेको छ ।

संयुक्तराष्ट्रसंघको एक प्रतिवेदनका अनुसार ६ हजार देखि साढे ६ हजारसम्म पाकिस्तानी आतंकवादी छिमेकी देश अफगानिस्तानमा रहेका छन् ।

यीमध्ये धेरैजसो आतंकवादी तहरिक ए तालिबान पाकिस्तान (टीटीपी)को पक्षमा रहेको र ती दुइटै देशको लागि खतरा भएको संयुक्त राष्ट्रसंघले जनाएको छ ।

प्रतिवेदनका अनुसार  यी आतंकवादी समूह तालिबानबाट सञ्चालित छन् । तर केही  आतंकवादी संगठन भने आईएसआईएलसँग गठबन्धन गरेर चलिरहेको जनाएको छ ।

प्रतिवदेनका अनुसार तालिबान अफगानिस्तानका विभिन्न १२ प्रान्तमा गोप्य रुपमा सक्रिय रहेको छ भने यसका नेता आइमान अल जवाहिरी रहेका छन् ।

अन्तिम अपडेट: भदौ ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया