उत्तर काेरिया गएका व्यक्ति काेराेना सङ्क्रमित थिएनन् : दक्षिण काेरिया

 साउन १२, २०७७ सोमबार १३:५६:३५ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – उत्तर काेरियामा काेराेना भाइरस सङ्क्रमणकाे आशङ्का गरिएका व्यक्तिमा पहिले काेराेना नभएकाे दक्षिण काेरियाले बताएकाे छ । 

काेराेनाकाे सङ‍्क्रमण आशङ्का गरिएका व्यक्ति तीन वर्षअघि दक्षिण काेरिया भागेकाे र गएकाे हप्ता मात्रै उत्तर काेरिया फर्किएका थिए । 

दक्षिण काेरियाका अनुसार ती व्यक्ति जल निकास पाइपमार्फत दक्षिणी द्वीप पुगेकाे र फेरि एक माइल पाैडिएर उत्तर काेरिया पुगेका हुन् । 

गएकाे हप्ता उत्तर काेरियाले देशमा पहिला पटक कुनै व्यक्तिमा काेभिड–१९ सङ्क्रमणकाे आशङ्का गरिएकाे बताएकाे थियाे । 

उत्तर काेरियाका अनुसार ती व्यक्ति उत्तर काेरियाका नागरिक हुन् र दक्षिण काेरियाबाट फर्किएका हुन् । 

तर दक्षिण काेरियाले भनेकाे छ 'न त ती व्यक्तिमा काेराेनाकाे सङ्क्रमण पाइएकाे थियाे न त उनी कुनै व्यक्तिकाे सम्पर्कमा आएका थिए ।'

कथित 'भागेका' व्यक्तिकाे सम्पर्कमा आएका दुई जनाकाे परीक्षण गर्दा रिपाेर्ट नेगेटिभ आएकाे थियाे । 

चीनपछि सबैभन्दा पहिला दक्षिण काेरियामा काेराेना भाइरसकाे प्रकाेप पुगेकाे थियाे । 

तर उत्तर काेरियाले सुरुदेखि नै आफ्नाे देशमा काेराेना नदेखिएकाे बताउँदै आएकाे छ तर विषेशज्ञहरुले भने याे असम्भव भएकाे मान्दै आएका छन् ।   

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया