ताइवानका 'फादर अफ् डेमाेक्रेसी' लीकाे निधन

 साउन १६, २०७७ शुक्रबार १५:३:१५ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – ताइवानका पूर्वराष्ट्रपति ली तेङ–हुईको ९७ वर्षको उमेरमा निधन भएको छ । ताइवानमा तानाशाही व्यवस्था अन्त्य गरी लोकतान्त्रिक शासन पद्धति स्थापना गर्न उनकाे महत्त्वपूर्ण भूमिका रहेको बीबीसीले जनाएको छ ।

ताइवानमा हुईलाई 'लोकतन्त्रको पिता' समेत भनेर चिनिन्छ । शरीरको भित्री अङ्गले काम गर्न छोडेपछि उनको निधन भएको डाक्टरले बताएका छन् ।

गएको फेब्रुअरीमा घाँटीमा खाना अड्किएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो । अस्पतालमा झण्डै ६ महिनासम्मको उपचारपछि उनको निधन भएको हो ।

पूर्वराष्ट्रपति ली सन् १९८८ देखि २००० सम्म ताइवानको राष्ट्रपति थिए । उनको कार्यकालमा चीनसँगको सम्बन्ध तिक्ततापूर्ण रहेको थियो । 

अन्तिम अपडेट: चैत ३०, २०८०

तपाईको प्रतिक्रिया