भारतीय गृह मन्त्रीलाई काेराेना सङ्क्रमण

 साउन १८, २०७७ आइतबार १७:१८:४१ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – भारतीय गृह मन्त्री अमित शाहलाई काेराेना भाइरसकाे सङ्क्रमण पुष्टि भएकाे छ । 

गृह मन्त्री शाहले आफूमा काेराेना लक्षण देखिएपछि जाँच गराउँदा रिपाेर्ट पाेजेटिभ देखिएकाे सामाजिक सञ्जाल ट्विटरमार्फत् जानकारी गराउनुभएकाे हाे ।  

उहाँले ट्वीट गर्दै भन्नु भएकाे छ, 'काेराेनाकाे सुरुवाती लक्षण देखिएपछि परीक्षण गराउँदा रिपाेर्ट पाेजेटिभ आएकाे छ । मेराे अवस्था सामान्य छ र डाक्टरकाे सल्लाहमा अस्पतालमा भर्ना हुँदैछु ।'

साथै उहाँले आफ्नाे सम्पर्कमा आएका व्यक्तिहरुलाई जाँच गराउन र आइसाेलेसनमा बस्न भन्नु भएकाे छ ।  

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया