जङ्गली जनावरलाई थापेको करेन्टको धरापमा परेर दाजुभाइको ज्यान गयाे, बुबा गम्भीर घाइते

 साउन १९, २०७७ सोमबार १४:१६:२ | हेमराज शर्मा
unn.prixa.net

दाङ  – जङ्गली जनावरलाई लक्षित गरी मकै बारीमा थापेको करेन्टको धरापमा परेर दाङमा दुई बालकको ज्यान गएको छ । 

ज्यान जानेमा घोराही उपमहानगरपालिका १ काे हर्नोकका दिलबहादुर रावतका छोराहरु १४ वर्षीय वीरबल र १० वर्षीय तेजबहादुर रहेका छन् ।

बारीमा लगाइएको मकै बाली खाएर हैरान बनाएपछि जङ्गली जनावरलाई लक्षित गरेर थापेको करेन्टमा परेर दुवै बालकको सोमबार बिहान ज्यान गएको हो । दुई बालकका बुवा दिलबहादुर रावत करेन्ट लागेर घाइते हुनु भएको छ ।

जनै पूर्णिमाका दिन मकै चढाउन भनेर बारीमा मकै लिन गएका बेला दुवै बालकलाई करेन्ट लागेको थियो । करेन्ट लागेर छोराहरु चिच्याएपछि मकै बारीमा गएका बुवा दिलबहादुरलाई पनि करेन्ट लागेकाे हाे ।  

दिलबहादुरको अवस्था गम्भीर रहेको र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।  

अन्तिम अपडेट: चैत १५, २०८०

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया