भारत : २४ घण्टामा ५२ हजारभन्दा धेरैमा कोरोना पुष्टि, कर्नाटकका पूर्व मुख्यमन्त्रीमा सङ्क्रमण

 साउन २०, २०७७ मंगलबार १३:४:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

भारत - भारतमा गएको २४ घण्टामा ५२ हजारभन्दा धेरै कोरोनाका नयाँ सङ्क्रमित थपिएका छन् । 

योसँगै भारतमा सङ्क्रमितको सङ्ख्या १८ लाख ५५ हजार ७ सय ४६ पुगेको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यस्तै गएको २४ घण्टामा ८ सय ३ जनाको ज्यान गएसँगै भारतमा कोरोनाका कारण ज्यान गुमाउनेको सङ्ख्या ३८ हजार ९ सय ३८ पुगेको छ । 

भारतमा लगातार ६ दिनसम्म दैनिक ५० हजारभन्दा धेरै नयाँ सङ्क्रमित थपिएका छन् । 

पछिल्लो १५ दिनमा भारतमा दैनिक सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ । सङ्क्रमणको हिसाबले भारत विश्वकै अति-प्रभावित देशमध्ये तेस्रो नम्बरमा छ । 

यसैबीच भारतको कर्नाटक राज्यका पूर्व मुख्यमन्त्री तथा विधानसभाका विपक्षी नेता सिद्वारमैया कोरोना सङ्क्रमित हुनुभएको छ ।

 उहाँले आज आफ्नो ट्वीटरमार्फत् सङ्क्रमित भएको जानकारी दिनुभएको हो । उहाँलाई अस्पताल भर्ना गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । 

उहाँले आफ्नो सम्पर्कमा आउने सबैलाई परीक्षण गर्नसमेत आग्रह गर्नुभएको छ । 

अन्तिम अपडेट: बैशाख २, २०८१

तपाईको प्रतिक्रिया