अयाेध्यामा राम मन्दिर बनाउन भारतीय प्रधानमन्त्री माेदीद्वारा भूमि पूजन र शिलान्यास

 साउन २१, २०७७ बुधबार १५:२२:१६ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – भारतको अयोध्यामा राम मन्दिर निर्माणको लागि भूमि पूजा भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अयोध्यामा हिन्दू मन्दिर निर्माणका लागि भूमि पूजाका साथै शिलान्यास गर्नुभएको हो ।

भगवान रामको जन्मभूमि मानिएको अयोध्यामा सन् १९९२ मा हिन्दूहरुको भिडले मध्ययुगीन बाबरी मस्जिद भत्काएको थियो । त्यो मस्जिद पहिले त्यहीँ रहेको राम मन्दिर भत्काएर बनाइएको उनीहरूको दाबी थियो । दशकौँसम्म त्यो ठाउँ स्वामित्वका लागि भारतमा हिन्दू र मुस्लिम सङ्गठनबीच विवाद रहे पनि गएको वर्ष भारतको सर्वोच्च अदालतले त्याे ठाउँ हिन्दूहरूको हुने निर्णय गरेको थियो ।

उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले शिलान्यासपछि पाँच सय वर्ष लामो र कडा सङ्घर्षपछि लोकतान्त्रिक र संविधानसम्मत तरिकाले सम्पन्न भएको बताउनुभएको बीबीसीले जनाएको छ । त्यस ठाउँमा सन् १५२८ मा मुगल सम्राट बाबरको आदेशमा बनेको मानिने बाबरी मस्जिद थियो ।

सन् १९९२ मा हिन्दूहरूको भिडले त्याे मस्जिद भत्काइदिएको थियो । त्यसपछि भएको साम्प्रदायिक हिंसामा भारतभर कम्तीमा दुई हजार मानिसको ज्यान गएको थियो । गएकाे वर्षको सर्वोच्चको फैसलापछि भारतले त्यहाँ भव्य राम मन्दिर निर्माणको नक्सा बनाउन थालिएको थियो । 

अन्तिम अपडेट: बैशाख २, २०८१

तपाईको प्रतिक्रिया