ब्राजिलमा कोरोनाका कारण ज्यान गुमाउनेको सङ्ख्या एक लाखभन्दा धेरै

 साउन २५, २०७७ आइतबार २०:११:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – ब्राजिलमा कोरोना भाइरस सङ्क्रमणको कारण अहिलेसम्म एक लाखभन्दा धेरैको ज्यान गएको छ । ब्राजिल कोभिड–१९ का कारण विश्वकै सबैभन्दा धेरै ज्यान गुमाउने देशको दोस्रो स्थानमा छ । अहिलेसम्म त्यहाँ एक लाख पाँच सयभन्दा धेरैको ज्यान गएको छ ।

गएको तीन महिनामा ब्राजिलमा ५० हजार मानिसको ज्यान गएको छ । पछिल्लो ५० दिनमा ज्यान गुमाउनेको सङ्ख्या दोब्बरले बढेको र त्यहाँ अहिलेसम्म ३० लाखभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएको बीबीसीले जनाएको छ । ब्राजिलमा कोरोना भाइरसको सङ्क्रमण तीव्र गतिमा फैलिरहेको छ । तर त्यहाँ पसल तथा रेस्टुरेन्ट भने अझै खुला छन् ।

कोरोना भाइरस नियन्त्रणमा गम्भीर नरहेको भन्दै ब्राजिल सरकारको आलोचना हुन थालेको छ । ब्राजिलका राष्ट्रपति जायर बोलसोनारोले कोरोनालाई सामान्य फ्लु भनेपछि उहाँको आलोचना हुन थालेको छ ।

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया