महिन्दा राजापाक्षे श्रीलंकामा चौथोपटक प्रधानमन्त्री

 साउन २६, २०७७ सोमबार ६:५०:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - महिन्दा राजापाक्षे श्रीलंकामा चौथो पटक प्रधानमन्त्री बन्नुभएको छ । 

हालै भएको चुनावमा उहाँको दल श्रीलंका पिपुल्स पार्टीले दुईतिहाइ मत पाएपछि ७४ वर्षका राजापाक्षेले चौथो पटक प्रधानमन्त्रीका रुपमा शपथ लिनुभएको हो । 

श्रीलंकाको कोलम्बोको केलानियामा रहेको बौद्ध मन्दिर 'राजमहा बिहार’मा शपथग्रहण कार्यक्रम गरिएको थियो ।

उहाँलाई श्रीलंकाका राष्ट्रपतिसमेत रहेका भाइ गाटाभया राजापाक्षेले शपथग्रहण गराउनुभएको हो । 

शपथग्रहणपछि दाजुभाइ राष्ट्रपति र प्रधानमन्त्रीले बिहारमा प्रार्थना समेत गर्नुभएको बीबीसीले जनाएको छ ।

अन्तिम अपडेट: चैत २१, २०८०

तपाईको प्रतिक्रिया