भारत : २४ घण्टामा ६२ हजारभन्दा धेरै कोरोना सङ्क्रमित थपिए

 साउन २६, २०७७ सोमबार १२:२२:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - भारतमा पछिल्लो २४ घण्टामा ६२ हजारभन्दा धेरै कोरोनाका नयाँ सङ्क्रमित थपिएका छन् । 

गएको २४ घण्टामा ६२ हजार ६४ नयाँ सङ्क्रमित थपिएसँगै भारतमा कोरोना सङ्क्रमितको संख्या २२ लाख १५ हजार ७४ पुगेको छ । पछिल्लो २४ घण्टामा १ सय ७ जनाको ज्यान गएको छ । 

योसँगै भारतमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ४४ हजार ३ सय ८६ पुगेको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

सबैभन्दा धेरै अमेरिकामा अहिलेसम्म १ लाख ६५ हजारभन्दा धेरैको ज्यान गएको छ । त्यस्तै ब्राजिलमा १ लाख ४ सय ७७ जनाको ज्यान गइसकेको वल्र्डओडोमिटरले जनाएको छ ।


 

अन्तिम अपडेट: चैत २१, २०८०

तपाईको प्रतिक्रिया