विश्वभर काेराेना सङ्क्रमितकाे सङ्ख्या २ कराेड नाघ्याे, १ कराेड २९ लाख बढी सङ्क्रमणमुक्त

सात लाख ३४ हजारभन्दा धेरेको मृत्यु

 साउन २६, २०७७ सोमबार १४:३३:४७ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – विश्वभर कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या दुई करोड नाघेको छ । साेमबार बिहानसम्म विश्वका दुई करोड ३१ हजार पाँच सयभन्दा धेरैमा कोरोनाकाे सङ्क्रमण पुष्टि भएको वर्ल्डाेमिटरले जनाएको छ ।

कोरोना भाइरस सङ्क्रमणको कारण विश्वभर सात लाख ३४ हजार एक सयभन्दा धेरेको मृत्यु भएको छ । कोरोना सङ्क्रमण भएका मध्ये एक करोड २९ लाख चार हजारभन्दा धेरै सङ्क्रमणमुक्त भएका छन् ।

अहिले विश्वमा ६३ लाख ९३ हजार चार सयभन्दा धेरै सक्रिय सङ्क्रमित रहेका छन् । उनीहरुमध्ये ६४ हजार आठ सयभन्दा धेरै गम्भीर बिरामी रहेका छन् ।

चीनको हुबेई प्रान्तको वुहान शहरबाट गएकाे डिसेम्बर महिनाको अन्त्यबाट सुरु भएको कोरोना भाइरस अहिलेसम्म विश्वका दुई सय १३ देश तथा विभिन्न क्षेत्रमा पुगिसकेको विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले जनाएको छ ।

अहिलेसम्म सबैभन्दा धेरै अमेरिकामा ५१ लाख ९९ हजार चार सयभन्दा धेरैमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । अमेरिकामा कोरोनाका कारण एक लाख ६५ हजार ५ सयभन्दा धेरैको मृत्यु भएकाे छ ।

दोस्राे धेरै प्रभावित देशमा ब्राजिल रहेको छ । ब्राजिलमा ३० लाख ३५ हजारभन्दा धेरैमा सङ्क्रमण पुष्टि हुँदा एक लाख एक हजारभन्दा धेरैको मृत्यु भएकाे छ । तेस्राे धेरै प्रभावित रहेको भारतमा २२ लाख १५ हजारभन्दा धेरैमा सङ्क्रमण पुष्टि हुँदा ४४ हजार चार सयभन्दा धेरैको मृत्यु भइसकेकाे छ । 

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया