राहदानी वितरणको काम पूर्ण रूपमा सञ्चालन हुन अझै केही दिन लाग्ने
मंसिर १०, २०८१ सोमबार
काठमाण्डाै – रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले रुसले कोरोना भाइरसविरुद्धको खोप विकास गरेर प्रयोगमा ल्याएको दाबी गर्नु भएको छ । पुटिनले कोरोनाविरुद्धको खोप आफ्ना दुई छोरीलाई लगाएको र उनीहरुलाई कुनै 'साइड इफेक्ट' नदेखिएको बताएकाे अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
पुटिनले मङ्गलबार खोपको विकास गरी दर्ता भएको जानकारी दिनुभएको हो । कोरोनाविरुद्धको खोप दर्ता गर्ने रुस पहिलो राष्ट्र बनेको छ । रुसका अधिकारीहरुले यो खोप डाक्टर, स्वास्थ्यकर्मीसहित मेडिकल कर्मचारी, शिक्षक र अरु उच्च जोखिममा रहेका वर्गमा दिइने जनाएका छन् ।
समाचार एजेन्सी एजेन्सी एएफपीकाे जानकारी अनुसार याे खाेप मस्काेकाे गामेल्या इन्स्टिच्युटले बनाएकाे हाे । रुसी राष्ट्रपति पुटिनले रुसमा चाँडै नै याे खाेपकाे उत्पादन सुरु गर्ने र ठूलाे सङ्ख्यामा खाेपकाे डाेज बनाउने बताउनुभएकाे छ ।
AFP news agency (@AFP) August 11, 2020
अब यदि रुसले गरेकाे दाबी सही साबित भएर विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले खाेपलाई मञ्जुरी दियाे भने विश्वकाे लागि याे एउटा ठूलाे राहत साबित हुन सक्छ ।
अहिले विश्वभर नै काेराेना भाइरसविरुद्धकाे खाेप बनाउनकाे लागि कैयाैँ ठाउँमा परीक्षण भइरहेकाे छ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार झण्डै सयभन्दा धेरै खाेप बनाउनकाे लागि काम भइरहेकाे छ । जसमा अमेरिका, बेलायत, इजरायल, चीन, रुस, भारत जस्ता देश सामेल छन् ।
रुसमा अहिलेसम्म आठ लाख ९७ हजार पाँच सयभन्दा धेरैमा कोरोनाकाे सङ्क्रमण पुष्टि भएकाे छ । कोरोनाका कारण त्यहाँ १५ हजार एक सयभन्दा धेरैको मृत्यु भएकाे छ । कोरानाकाे कारण विश्वमा सबैभन्दा धेरै प्रभावित भएको देशको सूचीमा रुस चौथो स्थानमा छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।