विदेशबाट दैनिक पाँच सय जनाको मात्रै उद्धार हुने, काठमाण्डौकै क्वरेण्टीनमा बस्नुपर्ने

 साउन २७, २०७७ मंगलबार १७:२७:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – सरकारले अब दैनिक अधिकतम पाँच सय जना नेपालीलाई मात्रै विदेशबाट उद्धार गरेर स्वदेश ल्याउने भएको छ । 

मङ्गलबारको मन्त्रिपरिषद्को बैठकले सरकारले अनुमति दिएको र सम्बन्धित देशमा रहेको कुटनीतिक नियोगको सिफारिसमा दैनिक तीन सय जना मात्रै र वैदेशिक रोजगार कल्याणकारी कोषबाट खर्च बेहोर्ने गरी दैनिक दुई सय जनासम्म गरी दैनिक अधिकतम पाँच सय नेपाली स्वदेश ल्याउने गरी उडान गर्न अनुमति दिएको हो । 

यसरी देश फर्किएका नेपालीलाई काठमाण्डौमै तोकिएको स्थानमा क्वरेण्टीनमा राख्ने र सङ्क्रमणमुक्त भएको प्रमाणपछि मात्रै घर पठाउने निर्णय भएको छ । क्वरेण्टीनको व्यवस्था काठमाण्डौका तीन जिल्लाले गर्नेछन् ।

स्वदेश फर्किएको पाँचदेखि सात दिनभित्रमा पीसीआर परीक्षण गर्ने र सङ्क्रमणमुक्त भएको पुष्टिपछि मात्रै घर पठाउने व्यवस्था गर्न पनि मन्त्रिपरिषद्ले निर्देशन दिएको छ । 

अन्तिम अपडेट: बैशाख ८, २०८१

2 Comments

  • शिव राम पराजुली

    Aug. 12, 2020, 8:27 p.m.

    सरकारले किन ठोस निर्णय लिन नसकेको होला? कहिले होम क्वारेन्टाइन त कहिले स्थानीय निकाय मा क्वारेन्टाइन मा राख्ने भन्ने अनि फेरि अहिले काठमाण्डौ मै बस्नु पर्ने निर्णय सरकार ठोस निर्णय गरेर अघि बढ्ने की?

  •  0 Reply
  • Ghanahari dahal

    Aug. 11, 2020, 6:56 p.m.

    क्वरेन्टिनमा बस्दा विदेशवाट ल्याएको लगेजको राख्ने व्यवस्था छ कि छैन, पछि हरायो वा टुटफुट भयो भने के गर्ने ? विदेशवाट दु:ख गरेर ल्याएको सामान राख्ने व्यवस्था छ कि छैन, कि सामान घर लान पाइन्छ ??

  •  0 Reply

तपाईको प्रतिक्रिया