दाङमा एउटै क्याम्पका २९ सैनिकमा काेराेना सङ्क्रमण

 साउन २७, २०७७ मंगलबार १८:१५:४३ | हेमराज शर्मा
unn.prixa.net

दाङ – दाङको तुलसीपुरमा मङ्गलबार एकैदिन २९ जना सैनिकमा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएको छ ।

भेरी अस्पताल बाँकेमा गरिएको स्वाब परीक्षणमा तुलसीपुरको १९ नम्बर बाहिनीका २९ जना नेपाली सेनाका जवानमा कोरोना सङ्क्रमण देखिएको हो । साउन १८ गते सङ्क्रमण देखिएका जवानको सम्पर्कमा आएका व्यक्तिको कन्ट्याक ट्रेसिङ गर्दा २९ जनामा सङ्क्रमण देखिएको १९ नम्बर बाहिनीका फोकल पर्सन विकास आचार्यले जानकारी दिनुभयो ।

सङ्क्रमण पुष्टि भएका २९ जना नै बाहिनीभित्रैको आइसोलेशनमा बसेका छन् ।  

अन्तिम अपडेट: बैशाख १, २०८१

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया