चीनले भन्यो, ‘भारतले सीमा विवाद थप जटिल नबनाओस्’

 साउन २९, २०७७ बिहीबार १४:२२:५६ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – भारतमा रहेको चिनियाँ दूतावासले भारतले सीमा विवादलाई थप जटिल नबनाउने सङ्केत गरेको छ । चिनियाँ दूतावासका प्रवक्ता जी रोङ्गले बुधबार राति ट्वीट गर्दै दुवै देशले सीमा विवादमा मिलेर कदम चाल्नुपर्ने बताउनुभएको हो । 

प्रवक्ता जी रोङ्गले ट्वीटमा लेख्नुभएको छ, ‘भारतले सीमा विवाद थप जटिल हुने कुनै कदम नउठाउने आश गरेका छौँ । भारतले सीमावर्ती क्षेत्रमा शान्ति र स्थिरताको लागि वातावरण तयार गर्नेमा चीन विश्वस्त छ ।’ प्रवक्ता जी रोङ्गले द्विपक्षीय सम्बन्धमा प्रगतिको पनि आशय व्यक्त गरेका छन् । 

एक प्रश्नको जवाफमा भारतीय पक्षले चीनसँग सीमामा सङ्घर्ष लामो समयसम्म रहन सक्ने बताएका छन् । चिनियाँ दूतावासका प्रवक्ताले भने भारत र चीन कुटनीतिक र सैनिक माध्यमबाट एक–अर्काको सम्पर्कमा रहेको बताएका छन् । यो समय भारत–चीन तनाव कम भइरहेको छ । 

यसैबीच भारतमा चिनियाँ दूतावासको पत्रिकाको जुलाई अङ्कमा भारत र चीनको सम्बन्धलाई लिएर विस्तारमा भनिएको छ । यो पत्रिकामा भारतका लागि चिनियाँ राजदूत सुन वीदोङ्गले कुनै पनि सम्बन्धमा उतारचढाव आइरहने लेख्नुभएको छ । 

चिनियाँ राजदूतले भारत–चीनबीच सीमा विवाद र सीमामा भएको दुर्भाग्यपूर्ण घटनाबाट दुई देशका नेता सी जिनपिङ र नरेन्द्र मोदीको द्विपक्षीय साझेदारीको दूरदृष्टिबाट भड्किन नहुने लेख्नुभएको छ । 

उनले सीमामा तनावपूर्ण स्थिति कमी भएको बताउँदै भारत र चीन प्रतिद्वन्द्वी नभइ साझेदार हुनुपर्ने बताउनुभएको छ । चिनियाँ राजदूतले सन् १९९० को दशकदेखि चीन र भारत एक–अर्काका लागि खतरा छैनन् भन्ने सहमतिमा पुगेको बताउनुभएको छ ।  

अन्तिम अपडेट: असोज २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया