काेराेनामुक्त भइसकेकाे न्युजिल्याण्डमा फेरि सङ्क्रमण देखिन थाल्याे

 साउन २९, २०७७ बिहिबार १५:६:३ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – तीन महिनासम्म कोरोना भाइरसमुक्त भएको न्युजिल्याण्डमा पछिल्लो दुई दिनमा १८ जना सङ्क्रमित थपिएका छन् ।  

न्युजिल्याण्डको सबैभन्दा ठूलो शहर अकल्यान्डमा लकडाउन गरिएको दोस्रो दिन बुधबार १४ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । तीन महिनासम्म न्युजिल्यान्ड संक्रमुणमुक्त भए पनि केही दिनअघि एउटा परिवारमा फेरि सङ्क्रमण देखिएको थियो ।   

न्युजिल्याण्डकी प्रधानमन्त्री ज्यासिन्डा आर्डनले परिस्थितिको गम्भीरता बुझेको र संयमित रुपमा यसको सामना गर्ने बताएको बीबीसीले जनाएको छ । उहाँले सङ्क्रमितको सम्पर्कमा आएका व्यक्तिलाई क्वरेण्टीनमा राखिने बताउनुभएको छ । न्युजिल्याण्डमा कोरोना भाइरसको सङ्क्रमिण फेसर कसरी फैलियो भन्ने बारेमा स्वास्थ्यकर्मीले गम्भीर अध्ययन थालेको पनि उहाँले बताउनुभयो । 

कोरोना भाइरस महामारी नियन्त्रणका लागि न्युजिल्याण्डको कामको विश्वभरि प्रशंसा हुने गरेको छ ।

जुन समय ल्याटिन अमेरिकी देशमा काेराेना सङ्क्रमणकाे प्रकाेप सुरु भएाे थियाे, त्याे बेला न्युजिल्याण्डले आफूलाई काेभिड–१९ मुक्त घाेषित गरेकाे थियाे ।    

न्युजिल्याण्डमा अहिलेसम्म एक हजार पाँच सय ८९ जनामा काेराेना सङ्क्रमण पुष्टि भएकाेमा २२ जनाकाे मृत्यु भएकाे छ । 

अन्तिम अपडेट: फागुन २९, २०८०

तपाईको प्रतिक्रिया