नेपाली बजारमा टम्बो मोबाइल, दुई सय दिनसम्म रिप्लेसमेन्ट वारेन्टी

 साउन २२, २०७५ मंगलबार ६:३६:२२ | उज्यालो सहकर्मी

काठमाडौं - नेपाली बजारमा नयाँ मोबाइल ब्राण्ड टम्बो मोबाइल भित्रिएको छ । भारतीय मोबाइल ब्राण्ड टम्बो मोबाइल नेपाली बजारमा आएको हो ।

टम्बो मोबाइल नेपाली बजारमा शंकराचार्य मोबाइल प्रालिले आधिकारिकरुपमा आयात तथा बिक्री गर्नेछ । पहिलो चरणमा सीमित मोडलका स्मार्टफोन र फिचर फोनहरु बजारमा ल्याएको कम्पनीले जनाएको छ ।
कम्पनीले अहिले ६ मोडलका बार फोनहरु र २ मोडलका स्मार्टफोनहरु ल्याएको  छ ।

स्मार्टफोनमा टिए २ र टिए ३ नामका दुई फोन सार्वजनिक गर्नेतयारी भैरहेको र यी फोन सस्तो पर्ने कम्पनीले जनाएको छ । टम्बो ब्राण्डका फिचर फोनहरु १ हजार रुपैयाँ माथिबाट बजारमा पाइनेछ ।

सबै मोडलका फोनहरुमा २०० दिनसम्मको रिप्लेसमेन्ट वारेन्टी र ३६५ दिनको स्क्रीन रिप्लेसमेन्ट दिईने कम्पनीले जनाएको छ ।

‘टम्बो मोबाइलका नेपालमा उपलब्ध हुने सबै स्मार्टफोनहरुमा प्रिमियम स्मार्टफोनहरुमा हुने फेस रिकोग्निसन, फिंगरप्रिन्ट सेन्सरलगायतका फिचरहरु राखिएका छन् ।

यी फोनहरुमा फोरजी भीओएलटीई सपोर्ट, वाईफाई, ब्लूटूथ, जीपीएस, हेडफोन ज्याकलगायतका फिचर छन् ।

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया